४ जेष्ठ २०८१, शुक्रबार
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुग्यो

ठाउँ–ठाउँमा सडक अवरुद्ध


  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार ०७:३६

जाजरकोट:जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।
Nabintech