४ जेष्ठ २०८१, शुक्रबार
भुकम्पबाट घाईते भएका पिडितहरुको नेपालगञ्जमा उपचार शुरु, घाइते पुनको मृत्यु

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार ०८:२९

नेपालगन्ज:भूकम्पमा परी गम्भीर घाइते भएका जाजरकोटका एकजना घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोट भूकम्पमा परी घाइते हुने एक जनालाई पहिलो पटक भेरी अस्पतालमा पुर याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

भेरी नगरपालिका– ४ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको हो । एम्बुलेन्समार्फत ल्याएका उनको उपचार भइरहेको भेरी अस्पतालले जनाएको छ । एम्बुलेन्सबाट अस्पतालको बेडसम्म पुर याउनेको लागि सशस्त्र प्रहरीहरू भेरी अस्पतालमा खटाइएको छ । अन्य घाइतेहरू समेत जाजरकोट र रुकुम पश्चिमबाट भेरीमा ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ। बाँके प्रशासनबाट बिहान ३:२१ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ र लजिस्टिक कि प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक् दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उपचारका लागि नेपालगन्ज ल्याइएका टेकबहादुर पुनको भेरी अस्पतालमा मृत्यु भएको छ । अचेत अवस्थामा रहेका ३३ वर्षीय पुनलाई भेरी अस्पतालमा पुर्याए लगत्तै मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले पुनलाई अचेत अवस्थामा अस्पताल पुर्याइएकोमा मृत्यु भएको पुष्टी गरे । उनी जाजरकोट निवासी रहेको बताइएको छ । घाइते अन्य २६ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

अस्पतालमा घाइतेहरु आउने क्रम चलिरहेको छ । भेरी अस्पताल परिसरमा ठुलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन भएका छन् । भुकम्पका घाइते ८० जना सम्मलाई भेरी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै नेपाली सेनाको अस्पतालमा २० र नेपाल प्रहरी अस्पतालमा ५ गरि कुल १ सय ५ जनाको लागि बेड छुट्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।  थप घाइते आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालगन्जका अन्य अस्पतालहरुलाई पनि विकल्पका रुपमा राखिएको उनले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुर, वेष्टर्न अस्पताल लगायतलाई पनि विकल्पका रूपमा राखिएको उनले बताए । जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टर र जहाजमार्फत थप घाइतेलाई ल्याउन लागिएको बताइएको छ ।

 

Nabintech