४ जेष्ठ २०८१, शुक्रबार
भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार ०९:१६

बाँके:जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ ।

शासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्नसक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

Nabintech