४ जेष्ठ २०८१, शुक्रबार
भुकम्प पिडतिको उपचारकालागि शिक्षण अस्पताल कोहलपुरमा विशेष टोली हाइ अलर्टमा

घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवालाविच समन्वयन, रक्तदान हुदै


  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८०, शनिबार १३:१३

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्प पिडितहरुको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा परिचालन गरेको जनाएको छ।

अस्पतालका सूचना अधिकारी सन्जय कुमार पन्तका अनुसार डा. दिनेश श्रेष्ठको नेतृत्वमा उक्त ‘हाइ अलर्ट’ टोली परिचालन गरिएको हो । पन्तका अनुसार हाल एक सय जनाको उपचार गर्न सक्ने गरी उक्त डाक्टरहरुको टोली ‘हाइ अलर्ट’ परिचालन गरिएको छ ।

अस्पतालसँगै जोडिएको हेलिप्याडमा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत अस्पताल कर्मचारी कुश्मा बस्यालले जानकारी गराएका छन। त्यसै गरी विरामीहरुलाई रगतको अभाव हुन नदिन समेत रगत सुरक्षित राखिएको अस्पतालले जनाएको छ ।

जाजरकोट घटनामा कसैलाई पनि ब्लड अभाव नहोस् भन्ने उदेश्यले रेडक्रसमा नेकपा एमालेले रक्तदानका लागि आम नागरिकहरुको आह्वन गरेको छ । नेकपा एमाले बैजनाथ गाउँ कमिटीले रक्तदान गर्नका लागि अस्पतालमा रहेको रेडक्रसमा आएर रक्तदान गर्न आग्रह गरिएको नेकपा एमाले गाउँ कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी गराए ।हामी अस्पताल परिसरमा छौँ रक्त दान गर्न हाम्रा सबै भातृ संघ संगठनलाई आग्रह गरेका छौँ उनले भनेका छन।

यसैविच रक्त अभाव नहोस भन्ने हेतुले बाँकेका बिभिन्न स्थानहरुमा नागरिकहरुले स्वतस्र्फतरुपमा रक्तदान गरिरहेको छन भने विभिन्न पालिकाहरुले स्वास्थ्य सामग्रीहरु सहितको सहयोग जारी राखेका छन ।  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानीय सरोकारवाला विच भूकम्प पिडितहरुका घाइतेहरुको उपचारका लागि आवश्यक समन्वयन गरिएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश माननिय बसन्ती अधिकारी ,सन्जु कुमारी चौधरी बाँके जिल्ला समन्वय समिति उप संयोजक सिता कार्की कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य उप मेयर संगिता सुवेदी लगाएतले अस्पतालको तयारी बारे अस्पताल प्रशासनसँग आवश्यक समन्वयन गरेका छन।

अस्पतालका कार्यकारी निर्देशक सुनिल सिह उप निर्देशक प्रा.डा. दिनेश श्रेष्ठजनप्रतिनिधि चिकित्सक कर्मचारी लगाए भूकम्पमा घाइते भएकाहरुलाई कोहलपुरमा के कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको अस्पतालका सूचना अधिकारी संन्जय कुमार पन्तले जानकारी गराएका छन।

उक्त छलफलमा अस्पतालका प्रशासनले हालको तयारी अवस्था बारे जानकारी गराएको पन्तले जानकारी गराए। एक सय जनाको उपचार गर्न सक्ने गरी तयारी गरिएको अस्पतालका निर्देशक डा. सुनिल सिहले जानकारी गराएका छन। त्यसै विच कोहलपुरमा जाजरकोटबाट कर्ण बहादुर अधिकारी वर्ष ५२ का खुट्टामा चोट लागेर उपचारका लागि आइपुगेका छन।

 

Nabintech