२३ बैशाख २०८१, आईतवार
ट्राईब्रेकरमा ६ का बिरुद्ध ७ गोल हान्दै दुधौली स्र्पोट क्लव बिजयी

भोलि त्रिभुवन आर्मि क्लव र दुधौली स्र्पोट क्लव बिच प्रतिस्पर्धा हुने


  • टाइम्स संवाददाता

  • १९ कार्तिक २०८०, आईतवार १७:५०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज आइतबार एभिनियर एफ. सि क्यामरुन र दुधौली स्पोर्ट क्लब बिचको खेल निर्धारित समय अवधि भर गोल रहित सम्पन्न भएको छ । खेलको पहिलो हाप र दोस्रो हापमा दुबै क्लवले गोल गर्न नसकेपछि ट्राईब्रेकरमा ६ का बिरुद्ध ७ गोल हान्दै दुधौली स्र्पोट क्लव बिजयी भएको हो । यो संगै दुधौली स्र्पोट क्लव सेमि फाईनलमा प्रबेश गरेको छ ।

कोहलपुर रेसिङ सहारा क्लबले आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा कार्तिक १५ गते देखि मुख्य मन्त्रि कोहलपुर गोल्ड कप जारी रहेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

खेल अवधिभर दुबै क्लवले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । आज सम्पन्न खेलमा म्यान अफ द म्याच दुधौली स्र्पोट क्लवका जर्सि नं. २२ का खेलाडि लोकेश चौधरी भएका छन । उनलाई नगद ५ हजारको चेक सहित सम्मान गरिएको छ । भोलि यस अघि सेमिफाईनलमा गएको त्रिभुवन आर्मि क्लव र दुधौली स्र्पोट क्लव बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Nabintech