३१ बैशाख २०८१, सोमबार
राधाकृष्ण यातायात सेवा प्रा.लि. कोहलपुरकोे जाजरकोट सम्म निशुल्क बस सेवा

२ वटा बसमा ७० जना यात्रुलाईनिशुल्क पठाईयो जाजरकोट


  • टाइम्स संवाददाता

  • १९ कार्तिक २०८०, आईतवार १८:५८

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा केन्द्रिय कार्यालय रहेको राधाकृष्ण यातायात सेवा प्रा.लि.ले जाजरकोट भुकम्पको दुखमा परेका नागरिकहरुको उद्धार गर्दै आफनो प्रा.लि. का २ वटा बस आज निशुल्क रुपमा जाजरकोट पठाएको छ । उपचारका लागि बाँकेका बिभिन्न अस्पतालमा उपचारार्थ आएका जाजरकोट तथा रुकुमका भुकम्प पिडतहरु एबं भारतबाट आफन्त गुमाएको सुचना पाएर घर फर्किनेहरुलाई सहज यात्राको लागि राहत सहित आफना प्रा.लिका २ वटा सवारी साधन भे१ ख ३८३८ र ना ४ ख ८५५४ न का बस मार्फत ७० जना यात्रुलाई जाजरकोट पठाएको छ ।

उपचारमा आएर डिस्चार्ज भएका भुकम्प पिडित, तिनका कुरुवा र आफन्त गुमाएका ब्यक्तिहरुलाई सकुसल घर सम्म पुरयाउन सजिलो बनाउने उद्धेश्यले निश्वार्थ मानविय भावका साथ आफना सवारी निशुल्क जाजरकोट पठाईएको प्रा.लि.का अध्यक्ष सनत रेग्मीले कोहलपुर टाईम्सलाई बताए । उनले घाईते तिनका आफन्त र भारतबाट आफन्तको शोकमा जाजरकोट रुकुम सम्म जाने यात्रुहरुलाई नेपालगञ्ज र कोहलपुर बसपार्कबाट चढाएर त्यसतर्फ बिदाई गरिएको बताए ।

भारतबाट आफन्तको मृत्यको शोकमा आउने भुकम्प पिडितका आफन्त तथा उपचारमा आएका पिडित र उनीहरुका कुरुवाहरुको चाप हेरेर प्रा.लि.ले अर्को निर्णय गर्ने गरि आजलाई कुनै शुल्क नलाग्ने गरि यात्रुहरुलाई जाजरकोट सम्म आरामदायि सेवा दिने आफना प्रा.लि.का कर्मचारीहरु समेत प्रतिबद्ध रहेको अध्यक्ष रेग्मीको दावि रहेको छ ।

कोहलपुरलाई केन्द्रिय कार्यालय बनाई राधाकृष्ण यातायात सेवा प्रा.लि.ले पहाडि रुट, स्थानिय रुटमा सेवा दिनुका अलावा काठमाण्डौ सम्मको आरामदायि यात्राका लागि मिसन काठमाण्डौ समेत सञ्चालन गर्दै आएको छ । अन्य समितीका तुलनामा सामाजिक क्षेत्रमा उदार देखिएको राधाकृष्ण यातायात प्रा.लि. बाँकेबाट जाजरकोटका लागि निशुल्क रुपमा वस सेवा उपलब्ध गराउने पहिलो प्रा.लि. समेत हुन सफल भएको छ ।

Nabintech