३० बैशाख २०८१, आईतवार
जाजरकोट भूकम्पः मृतकको शव परिवारलाई बुझाइयो, नौ सय १० घर र २१३ विद्यालयका भवनमा  पूर्ण क्षति

विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त


  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८०, सोमबार ०८:३७

काठमाडौँ – गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताउनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भूइचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने  एक सय १० जना उपचाररत छन् ।

नौ सय १० घर र २१३ विद्यालयका भवनमा  पूर्ण क्षति: यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।  जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै ३६६ वटा कक्षाकोठाहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आईसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पुर्ण रुपमा ध्वस्त भएका छन् ।

यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्राप्त विवरण अनुसार भुकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यू भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थीको मृत्यू भएको छ । यो विवरण संकलन हुने क्रम भने जारी नै रहेको छ ।
Nabintech