२३ बैशाख २०८१, आईतवार
दुधौलि स्पोर्ट्स क्लबलाई हराउदै त्रिभुवन आर्मि फाइनलमा प्रवेश

फाइनल खेल बुधबार चर्च व्वाइज र त्रिभुवन आर्मी फुटबल क्लब बिच हुने


  • टाइम्स संवाददाता

  • २० कार्तिक २०८०, सोमबार १८:२९

कोहलपुर,बाँके: बाँकेमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकपको सोमबार भएको खेलमा त्रिभुवन आर्मि फुटबल क्लब  फाईनलमा प्रबेश गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेको आजको खेलमा दुधौलि स्पोर्ट्स क्लबलाई एकका बिरुद्ध चार गोल प्रहार गर्दै त्रिभुवन आर्मि क्लब फाइनलमा प्रवेश गरेको हो।

खेल सुरु भएको २९ मिनेटमा दुधौलि स्पोर्ट्स क्लबका जर्सि नम्बर १४ का अजय कुमारले एक गोल प्रहार गर्न  सफल भएका थिए भने पहिलो हाफको ३४ मिनेटमा त्रिभुवन आर्मिका जर्सि नम्बर ८ का खेलाडी टंक बस्नेतले १ गोल प्रहार गरेपछि दुवै क्लव बरावरमा भएका थिए ।

दास्रो हाफ शुरु भएपछि खेलको ६१ मिनेटमा अर्को १ गोल बस्नेतले नै प्रहार गर्न सफल भएका थिए । खेलको ७३ मिनेटमा आर्मिकै मान बहादुर आलेले १ गोल र अन्तिम समयमा त्रिभुवन आर्मिकै जर्सि नम्बर १७ का खेलाडी मदन लिम्बुले १ गोल हानेर जित हासिल गर्दै त्रिभुवन आर्मि फाइनलमा प्रवेश गरेको हो।

फाइनल खेल बुधबार चर्च व्वाइज र त्रिभुवन आर्मी फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा त्रिभुवन आर्मिका जर्सि नम्बर ४६का खेलाडी मानबहादुर आले म्यान अफ द म्याच घोषित भएका छन । खेलका म्यान अफ द म्याच आलेलाई कोहलपुर वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले रु पाँच हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरेका थिए ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । रेसिङ साहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशी, विभागिय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन् । उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिएका छन ।

Nabintech