१६ बैशाख २०८१, आईतवार
प्रकृति(कविता)

  • चिन्ताराम शर्मा

  • २८ कार्तिक २०८०, मंगलवार १०:३९

प्रकृति भू -मण्डलमा मानवकाे सृजना गराइस
आफ्नाे समिप्यता र अनुकुलतामामात्र बचाइस
बस्ती बस्ती मानवलाई स्वस्थ ,गतीसिल बनाइस
गर्दैछ मानव चिनेन तलाइ ,स्वयमकाे उपयाेग
असन्तुलन भै गयाे तेराे र हाम्राे जीवनकाे जीवीत
छैन रिस राग तसंग तैपनि मात्तिन्छस कहिले कही
भूकम्प बाडी वृष्टि पहिराे हुरी दुर्घटन छरि दिन्छस
बिर्सेकाे पिडा उचाल्छस, याेजना सबै तुहाइ दिन्छस
रति पनि छैन दया  मानवमै बिचल्ली बनाइ रहन्छस
कहिले हैजा,  क्राेराेन गरिबी कहिले भूकम्प गराउछस।
कति सहन्छन मानिस छिया छिया भाे थेगाेस केकति
बस्ती उजाडै भाे तेरै कुरुप  हृदय बिदारक हेर सबजति।
फस्टाउछ कसरी  मानव र मानवीय  सधैकाे प्रकाेप मुनी
गरिबी,दरिद्रता राेग र शाेककाे स्थायी छ पुञ्ज पुञ्जमा
ताेप्ने भै हामी सबैलाइ सधै यस्तै शिरदेखि अचेटी अचेटी।
कहिले हाे आफ्नाे बिकास सधै पिरालाेमै हाे पिल्सियर
कि त पृथ्वी, प्रकृति,मानव ब्रह्माण्ड बन्दै नबन्नु थियाे
बन्थे भने यदि सबै सन्तुलित भइ बाचेरै रम्नु थियाे
के धेरै दिन्छस सजाय अपराधै नहुदा क्ष्यम्यै नहुने गरि
छैन माया ममता सदभाव निष्ठुरी कति भइस तपनि।
हेर अव बस्ती बस्ती तिर के भयाेयति मसानघाटै सरी
साेच्दै नसाेची बेकसुरमा किन गर्याै एक्लाैटी मनपरी
छैन रिट दायर गर्नअड्डा धेरै भाे् निष्कृष्ठ पाप अन्याय
कुन युगकाे दुश्मनी देखाउछाै काे काे छन र मतियार
जीबितमा दुख बेदना रहिरहनेछ काेटी सूर्य वक्रकुण्डमा
हे मानव अब सबै मिली धैर्य भै दुखलाइ साटाैं शक्तीमा
एकले अर्काेलाइ सहयाेग, हाैसला प्रेरण र बन्दुत्वमा
सधैभर दुख ,प्रकाेप र बिपत्ती एउटैमा मात्र हुँदै हुदैन
यसमा पनि चक्रीय चाल छ हामीले बिर्सनु पनि  हुदैन
गय जाे प्रकाेपले दिन्छाैं जीबितले हार्दिक श्रद्धाञ्जली
घाइते शाेकाकुल जनमा सिघ्र सञ्चाे,समबेदना र कामना
दुख, आपत्ती अप्ठेराेमा अडिग रहाेस एकै सबैकाे भावना
बस्ती बस्तीकाे पुनः संरचना स्थापना संभव छ सबैबाट
अबेला नगरी एकजुट हाैं मेराे तेराे नभै कतै कहीबाट
दुख बिपत्ती भगाउन सहारा हाेस  एक एक एकता
यहि त हाे नेपाली बिशेषता अनेकतामा पनि एकता
ए प्रकृति अब पश्चतापकाे मुण्डमा  डुबि रखाे हाेलास
जे भयाे भैगयाे फेरि नदाेहर्याउनु बिन्ती छ सुनी देलास ।।
नाता,कुटुम्ब, आमा,पिता साथी सबै क्षिनभरमा टुटाइस
भत्काइ घरगाेठस्कुल चैातारा सबैमा निराशा थपाइस
केभयाे पिडाछ कति सब जनमा हृदय छिया बनाइस
काेटी बिन्ती  हे प्रभू  प्रकृति आइन्दा यस्ताे नगराइस।।

काेहलपुर १० बाके

Nabintech