२० मंसिर २०८०, बुधबार
दाङमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

  • टाइम्स संवाददाता

  • ४ मंसिर २०८०, सोमबार ०८:४२

दाङ: दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।  दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएकाे छ ।

उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएकाे हाे । यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।

Nabintech