२० बैशाख २०८१, बिहीबार
नरैनापुरमा आज सार्वजनिक विदा

११ गते पुर्णिमा गंगा स्नान तथा  मेलाको अवसरमा सार्वजनिक बिदा


  • टाइम्स संवाददाता

  • ११ मंसिर २०८०, सोमबार ०६:३९

नरैनापुर:बाँकेको नरैनापुर गाउँपालिकाकामा आज सार्वजनिक  बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका  अध्यक्ष इस्तियाक अहमद शाहका दाइ  धर्मशास्त्रका ज्ञाता ( शुफि) नरैनापुर गाउँपालिका वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले एक विज्ञप्तिमार्फत  मंसिर १० गते  नरैनापुर गाउँपालिका कार्यालय, मातहतका सबै वडा कार्यलयहरु तथा शैक्षिक संस्थाहरुमा समेत शोक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी गाउँपालिकाले कार्तिक ११ गते पुर्णिमा गंगा स्नान तथा  मेलाको अवसरमा समेत आज नै नरैनापुर गाउँपालिकाको कार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उक्त बिज्ञप्तिमा भनिएको छ ।

दिवंगत मुस्ताक अहमद शाह नरैनापुरका लागि मात्र नभएर नेपाल र भारतमा धार्मिक सद्भावको सन्देश दिनुका साथै किशोरी शिक्षालाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

दिवंगत शाहलाई नेपाल र भारतका हजारौं भक्तजनहरूले आफ्नो मार्ग दर्शक मान्दै आएका थिए । उहँको उपचारका क्रममा भारतको दिल्लीमा अस्पतालमा गत बिहिबार राति निधन भएको थियो । उहाँको शनिबार इस्लामिक परम्पराअनुसार उच्च सम्मानका साथ अन्त्यष्टि गरिएको थियो ।

Nabintech