२१ बैशाख २०८१, शुक्रबार
बाँकेका विद्यालयमा प्रभावकारी बन्दै बालिका शिक्षा कार्यक्रम

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८०, मंगलवार ०१:११

काेहलपुर: बाँकेमा बालिका शिक्षा कार्यक्रम प्रभावकारी देखिएकाे छ । जिल्लाका ८ मध्ये चार पालिकाका विभिन्न बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएकाे हाे ।

जिल्ला समन्वय समितिकाे नेतृत्वमा साेमबार बालिका शिक्षा कार्यक्रम संचालन गरीएका विद्यालयकाे संयुक्त अनुगमनका क्रममा कार्यक्रमकाे सकारात्मक प्रभाव देखिएकाे हाे ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चाैधरी, उपप्रमुख सीता कार्की, सहायक जिल्ला अधिकारी जाेरा सिहं माझी, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, जिल्ला समन्वय समिति बाँकेका निमित्त जिल्ला समन्वय अधिकृत रेखा श्रेष्ठ, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, काेहलपुर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष नम बहादुर आले, रूम टु रिडका वरिष्ठ फिल्ड व्यवस्थापक खड्क बहादुर कुंवर सहितकाे टाेलिले काेहलपुर नगरपालिका १४ स्थित हवल्दारपुरमा रहेकाे राम माध्यमिक विद्यालयकाे अवलाेकन तथा अनुगमन गरेकाे थियाे ।

अनुगमनका क्रममा १२ कक्षामा अध्ययनरत छात्रा दुर्गा थारूले जीवन उपयोगी शिक्षाले आफुहरूकाे आत्मबल बढेको बताइन् । “पहिले म अगाडि उभिएर बाेल्न पनि सक्थिन तर अहिले धेरै मानिसको अगाडि निर्धक्कसँग बाेल्न सक्छु” उनले भनिन् । थारू जस्तै साेहि विद्यालयमा १२ कक्षामा अध्यन गर्ने दिपिका गुप्ताकाे भनाइ पनि उस्तै छ । गुप्ताले पनि जीवन उपयोगी शिक्षाले आफुहरूकाे उत्साह, आँट र साहस अत्यन्तै बढेको बताइन् ।

अनुगमनका क्रममा छात्राहरूले कार्यक्रम प्रभावकारी भएकाले भन्दै निरन्तरता दिन आग्रह गरेका थिए । नमुना कार्यक्रम बिचमै सकिन्छ कि भन्ने चिन्ता ब्यक्त गर्दै विद्यालयमै अध्ययनरत छात्रा यमुना कार्किले छात्रहरूकालागी समेत यस प्रकारका कार्यक्रम संचालन गरीनुपर्ने बताईन । विद्यालय तथा घरपरिवारमा समेत बालिकाहरू दुर्ब्यवहारकाे सिकार हुँदै आएकाे उल्लेख गर्दै कार्कीले त्यसकाे राेकथामकालागि छात्र (युवा) हरूलाई समेत व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने बताईन ।

छात्रा ईश्वरी वि.क. ले बालिका शिक्षा कार्यक्रम मार्फत उच्च शिक्षा अध्ययनकालागि उपर्युक्त जानकारी पाउनुकासाथै बचत गर्ने बानिकाे समेत बिकास भएकाे बताईन । विद्यालय स्तरीय बाल क्लबका अध्यक्ष आयुश थारूले आगामि दिनमा छात्रहरूकालागि समेत प्रभावकारी कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बाेल्दै विद्यालयका प्रधानाध्यापक जितेन्द्र यादवले बालिका शिक्षा कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए । उनले आर्थिक, सामाजिक र चेतनाकाे हिसाबले पिछडिएका समुदायका बालबालिकाहरूलाई केन्द्रमा राखेर यस प्रकारका कार्यक्रम संचालन गरीनुपर्ने बताए । आफ्नाे विद्यालयमा काेहलपुर नगरपालिकाका ६ वटा वडाका वालवालिका अध्ययन गर्न आउने र सबै पिछडिएकाे समुदायबाट प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यादवले कार्यक्रम निरन्तरताकालागि आग्रह गरे ।

विद्यार्थीकाे भर्ना अभियानका साथै विद्यालय आउने क्रम बढाउनमा रूम टु रिड र बालिका शिक्षा कार्यक्रम प्रभावकारी रहेकाे उनकाे भनाई थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काेहलपुर वडा नं. १४ का वडाध्यक्ष नम बहादुर आलेले रूम टु रिडले वालवालिकाहरूकाे व्यवहार परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएकाे बताए । विद्यालय र अभिभावकलाई जाेड्ने पुलका रूपमा यसले काम गर्दै आएकाे उनकाे भनाई थियाे ।

आफुले पाउदै आएकाे सेवा सुविधा विद्यालयमा अध्ययनरत वालवालिकाकाे शिक्षा र स्वास्थ्यमा खर्च गर्दै आएकाे दावि गर्दै आलेले आगामि दिनमा समेत त्यसलाई नितन्तरता दिने प्रतिवद्दता ब्यक्त गरे । उनले विद्यार्थि तथा अभिभावकहरूकाे समस्या पत्ता लगाई त्यसकाे समाधानकालागी भुमिका खेल्दै आएकाे बालिका शिक्षा कार्यक्रम हरेक विद्यालयमा संचालन गरिनुपर्ने बताए ।

कार्यक्रममा रूम टु रिडका फिल्ड ब्यबस्थापक खड्क बहादुर कुंवरले सबैकाे चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा त्यसकाे लविङ भईरहेकाे बताए । कुंवरले बिद्यालय, बालिका, अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामी दिनमा यस कार्यक्रमकाे बिस्तारकालागि स्थानीय तहसँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नाे याेजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चाैधरीले वालवालिकासँगै अभिभावककाे समेत चेतना स्तर बढाउनुपर्नेमा जाेड दिए । रूम टु रिडकाे कार्यक्रमलाई सकेसम्म सदुपयाेग गर्नुपर्नेमा जाेड दिदैं चाैधरीले वालवालिकाहरूमा पनि पढ्ने ईच्छाशक्ति हुनुपर्ने धारणा राखेका थिए ।

रूम टु रिडद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रमबाट बाँकेकाे काेहलपुर नगरपालिका तथा बैजनाथ, खजुरा र राप्तिसाेनारी गाँउपालिकाभित्रका १२ वटा सामुदायिक बिद्यालयमा अध्यनरत २२ सय छात्रा लाभान्वित छन् । जिल्लाका चार वटा पालिकामा विगत ८ वर्षदेखि उक्त कार्यक्रम संचालन हुँदै आएकाे बालिका शिक्षा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत शुष्मा राईले जानकारी दिईन ।

कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीपमुलक शिक्षा प्रदान गर्नुका साथै आत्मविश्वास बढाउने खालका गतिविधिहरू संचालन गर्दै आएकाे उनले दावि गरिन । आफ्ना अधिकारका बारेमा छात्राहरूलाई सचेत बनाउँदै आदर्श ब्यक्ति बन्ने बारे, भविष्यमा गर्ने पेशाकाे बारे, याैनजन्य हिंसा र दुर्व्यवहार राेकथाम सम्बन्धमा, चिनेजानेकाबाट हुने बलात्कार सम्बन्धमा, स्वास्थ्यका लागि पाेषण तथा शैक्षिक याेजनाकाे निर्माणका बारेमा शिक्षा दिने गरेको राईले जानकारी दिईन ।

Nabintech