१८ बैशाख २०८१, मंगलवार
बर्दियामा बाघले आक्रमण गर्दा एकजना गम्भीर घाइते

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८०, मंगलवार ०६:३०

बर्दिया : बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।  घाइते शर्मा भारतीय नागरिक रहेको प्रहरी जनाएको छ।

Nabintech