१८ बैशाख २०८१, मंगलवार
कोहलपुरमा नापि र मालपोत,सेवाग्राहिलाई सहज बटुवालाई भने सास्ति

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८०, मंगलवार १२:०२

कोहलपुर,बाँके: मालपोत र नापी कार्यालय कोहलपुरमा स्थापना भई सेवा प्रदान गर्नलागेपछि यतिबेला कोहलपुर नगरपालिका, बैजनाथ गाउँ पालिका र राप्ति सोनारी गाउपालिकाका ४ वडाका सेवाग्राहीहरुलाई सहज भएको छ । धेरै संघर्षका बाबजुत स्थापना भएका यी कार्यालयहरु हाल कोहलपुर ११ गोलपार्क पश्चिम मेडिकल कलेज जाने रोडमा आफनो कार्यालय स्थापना गरि कार्य सम्पादन गर्दै आएका छन ।

नेपालगञ्ज मेडिकल कलेज जाने रोडमा स्थापना भएका यी कार्यालयहरुको पार्किङको सुविधा भने छैन । पार्किङको सुविधा नभएपछि अस्पताल जाने रोड नै ब्लक हुने गरि सेवाग्रहिहरुका सवारी साधन पार्किङ गरिएपछि उक्त सडक भएर हिडने एम्वुलेन्स र वटुवालाई भने सास्ति भईरहेको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा आवात जावत गर्ने एम्बुलेन्सलाई नै अबरुद्ध पुग्ने गरि पार्किङ गरिएको देखेपनि स्थानिय प्रशासन भने मौन रहदै आएको छ ।

गएको कात्तिक १ गतेबाट मालपोत र नापी कार्यालयले कोहलपुरबाट सेवा दिन थालेका भएपनि अझैं पार्किङको ब्यबस्था हुन नसकेको र कुनै काम पर्दा बाटोमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको एक सेवाग्राहिले कोहलपुर टाईम्सलाई बताए । कोहलपुर, बैजनाथ र राप्तीसोनारीका १,२,८ र ९ वडाका नागरिकको जग्गासम्बन्धी काम कोहलपुरबाट हुन थालेपछि नेपालगन्ज जानुपर्ने बाध्यता भने हटेको छ । सेवा लिन सहज भएको सेवाग्राहीहरुको भनाइ छ । कोहलपुर नगरपालिका वडा नं. ११ का लाल बहादुर डाँगिले कार्यालय स्थापनाले समय संगै बिभिन्न ब्यक्तिगत खर्च समेत बचत भएको बताए ।

कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका १,२,८ र ९ वडाका नागरिकका जग्गासम्बन्धी सबै काम कोहलपुरबाटै भइरहेकाले सेवाग्राही र कर्मचारी दुबैलाई सहज भएको नापी कार्यालय कोहलपुरका अधिकृत दिनेशकुमार भण्डारीले बताए ।

 

Nabintech