१८ बैशाख २०८१, मंगलवार
बाँकेको जानकी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेपछि स्थानीय सेवाग्राहीलाई लाभ

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८०, मंगलवार १५:००

जानकी,बाँके:  बाँकेको जानकी गाउँपालिकाले वैदेशिक रोजगारदाताहरूका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ पुगेको छ । जसले गर्दा वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन काठमाडौँ धाउनु पर्ने बाध्यता हटेको छ ।आफ्नै पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि लागत खर्च जोगिएको सेवाग्राही गणेश गिरीले बताउनुभयो । उहाँले काठमाडौँ आउजाउ यसै खर्च महँगो परिहाल्छ‘गाउँपालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि पैसासँगै समयको समेत बचत भएको बताउनु भयो ।आफ्नै पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि विचौलियाको ठगीबाट समेत जोगिने उहाँको भनाइ छ ।

नेपाल सरकारको २०७९ चैत १६ गतेको मन्त्रीपरिषद् बैठकले ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति लिन सक्ने निर्णय गरेको थियो । त्यही अनुसार जानकी गाउँपालिकाले पनि श्रम स्वीकृति दिन थालेको हो । जानकी गाउँपालिकाका रोजगार सेवा केन्द्रका संयोजक सीमा चौधरीले पालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि सेवाग्राहीलाई ठूलो लाभ पुगेको बताउनुभयो । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन जाँदा बिचौलियाहरूले ठग्ने गरेको गुनासो आएपछि पालिका स्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको पालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

Nabintech