२० बैशाख २०८१, बिहीबार
नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र बस्ती व्यवस्थापन गर्न प्रक्रिया सुरु

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८०, मंगलवार १५:५५

 बैजनाथ,बाँके: बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन र बस्ती व्यवस्थापनका लागि पहिलो चरणको प्रक्रिया सुरु गरिएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा जनप्रतिनिधि र नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कर्मचारीबीच सहमति भएसँगै पहिलो चरणको प्रक्रिया सुरु गरिएको हो ।

पहिलो चरणको प्रक्रियामा मङ्गलवारदेखि ड्रोनमार्फत सर्भे सुरु गरिने बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । २०७१ सालदेखि सञ्चालन आउन नसकेको औद्योगिक क्षेत्र अब सञ्चालनमा आउने र जनताको बस्ती पनि व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

ड्रोनमार्फत सर्भे गर्नका लागि कन्सल्टेन्सी र इन्जिनियरसहितको टोली खटिने बताइएको छ । औद्योगिक क्षेत्र सञ्चालन र बस्ती व्यवस्थापनका लागि बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेका काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर, प्रतिनिधि सभाका सांसद आशा बिक, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष लगायत सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दाको भूमिका रहेको अध्यक्ष शाहीले बताउनु भएको छ।

Nabintech