१८ बैशाख २०८१, मंगलवार
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८०, शनिबार १०:५०

रुपन्देही: रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहान स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् भने अहिले सो क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

घाइतेको भैरहवामा उपचार भइरहेको छ। सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालयले घटनामा दुई जनाको घटनास्थलमा मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेपनि मृतकको पहिचान नखुलेको जनाएको छ ।

स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनाबग्रस्त भएको छ ।

Nabintech