२० बैशाख २०८१, बिहीबार
भायानेटको कोहलपुरमा नयाँ अफर

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८०, शनिबार १५:५०

कोहलपुर:कोहलपुरमा भायानेटले आफ्ना ग्राहकहरूका लागि नयाँ अफर ल्याएको छ । अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच प्रतिस्पर्धा भइरहेका बेला भायानेटले आफ्नो ग्राहकहरूका लागि नयाँ अफर ल्याएको हो ।

विभिन्न समयमा फरक–फरक अफरहरू ल्याउँदै आएको भायानेटले यसपटक सस्तो र सुलभ दरमा एकदिने इन्टरनेट सेवा अफर ल्याएको बताएको छ ।

आगामी मंसिर २२ गतेका दिन भायानेटले दैनिक १६.४३ मा अनलिमिटेड इन्टरनेट सेवा दिने बताएको छ । यो अफर १ दिन मात्रै चल्ने भायानेट कोहलपुर शाखा प्रमुख रत्न खड्काले बताए । उनका अनुसार बुकिङ खुला गरिसकिएको छ । प्रतिदिन ५० एमबिपिएस स्पिडको इन्टरनेट दैनिक १६.४३ पैसाको हिसाब गर्दा वार्षिक ६ हजार रुपैयाँ ग्राहकले तिर्नुपर्ने हुन्छ ।

ग्राहकले तिरेको ६ हजार रुपैयाँमा पनि ५ सय रुपैयाँ ग्राहककै धरौटीका रूपमा जम्मा हुनेछ र त्यो पैसा ग्राहकले अवधि सकिएपछि फिर्ता लिन सक्नेछन् ।

Nabintech