१८ बैशाख २०८१, मंगलवार
आजको पञ्चाङ्ग एवम् राशिफल (१७ मङ्सिर २०८० आइतबार)

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८०, आईतवार ०६:३७

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मंगसिर १७ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ३ तारिख आइतबार मार्गशीर्ष कृष्ण पक्षको षष्ठी तिथि अश्लेषा नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा भयो र सूर्यास्त सांझ १७ः६ बजे हुनेछ । विश्व अपाङ्ग दिवस ।

आजको राशिफल

मेष – आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्ने समय छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका होला, सजग रहनुहोस् । स्वास्थ्यावस्था भने सबल रहनेछ र, विभिन्न अवसरले पछ्याउन सक्छन् । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । अप्ठ्यारा काम पनि प्रयत्न गरे सजिलै सम्पादन हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त होला ।

वृष – सामर्थ्य र आरोग्यता वृद्धि हुनेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने समय भएपनि समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । व्यापारमा भएकालाई फाइदा नै हुनेछ । शत्रु परास्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

मिथुन – धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला । सामाजिक प्रतिष्ठा पाइने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउला । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, संयमित व्यवहार गर्नुहोला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्ने योग छ, सावधान रहनु हितकर होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – शुभदायी दिन छ । उच्च तहको मानसम्मान मिल्ने, प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ भने काममा आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यप्रति विशेष सचेत रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भ्रमण सफल हुनेछ ।

सिंह – व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने दिन छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा आज विशेष सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । व्यस्तता बढ्नेछ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – दिन अलिक चुनौतीयुक्त रहला । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आजको दिन नराम्रो संगतमा पर्नुबाट जोगिने विशेष प्रयास गर्नुहोला । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्न सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । रोकिएको काम बन्नेछ । रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रु परास्त होलान् ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । आज ब्यापारबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । पशुधनबाट राम्रै फाइदा हुनेछ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नला ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने समय भएपनि बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आरोग्यबल बढ्नेछ तर घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन्, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – प्रेमभाव बढ्नेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ तर आर्थिक समस्या समाधान हुने समय छ । स्वास्थ्यप्रति विशेष सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता बढ्नेछ । सभासमारोहमा सम्मानित हुनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्ता सफल हुनेछ । समस्याको समाधान मिल्नेछ ।

Nabintech