२२ बैशाख २०८१, शनिबार
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज कर्णाली प्रवेश गर्दै

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८०, आईतवार ०८:३६

काठमाडौं : नेकपा एमालेले सञ्चालन गरिरहेको समृद्धिका लागि संकल्प यात्राको चौथो दिन आज सुदूरपश्चिमको यात्रा सकेर कर्णाली प्रदेश प्रवेश गर्दैछ।

अध्यक्ष केपी शर्मा ओलीको कमाण्डमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउदै हिडेको टोली गएराति अछामको मंगलसेनमा बास बसेको छ।

आज मंगलसेनाबाट अघि बढेको टोली कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित राकममा बिहानको खाना खाने योजना रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार आजको बास दैलेख बजारमा हुनेछ। आजको यात्रामा बिनायक, राकम, जम्बुकाँध र भगत्रामा भेटघाट हुनेछ। दिउसो दैलेख बजारमा आमसभाको तयारी गरिएको छ।

नेकपा एमालेले मंसिर १४ गते देखि मध्यपहाडी राजमार्गको पश्चिमी प्रस्थान विन्दु बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको थियो।  सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिइएको यो यात्रा पुस १ गते पूर्वी सीमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।

Nabintech