२२ बैशाख २०८१, शनिबार
आगुऔषध सहित दुई जना पक्राउ

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८०, आईतवार १५:४९

कोहलपुर,बाँके:  कोहलपुर प्रहरिले बाँकेको कोहलपुर – ८ पिपरीबाट १४ किलो आगुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरिले पिपिरीबाट अवैध लागुऔषध चरेस १२ किलो ७ सय ४ ग्राम र अफिम २ किलो ४५ ग्रामसहित २ जनालाई शनिबार राती पक्राउ प्रहरीले जानकारी गराएक्को छ ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–८ पिपिरीका रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिनु भएको छ। उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको तिवारीले बताए ।

पक्राउ पर्नेहरु लामो समयदेखि लागुऔषध ओसारपसारमा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech