२२ बैशाख २०८१, शनिबार
आगलागि घटना प्रति एमाले कोहलपुर नगर कमिटीको ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८०, आईतवार १८:०५

कोहलपुर,बाँके:नेकपा एमाले कोहलपुर नगर कमिटीले मंसिर १४ गतेका दिन कोहलपुर नगरपालिका वडा न ३ को मदनचोकमा करिव राति १२ं बजेर २० मिनेटमा तारा कुमारी गिरीको घरमा भएको आगलागीका घटनाले आफुहरु दुखि भएको उल्लेख गर्दै नगरमा भएको दमकल प्रयोगमा आउन नसकेको प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्माद्धारा हस्ताक्षरित एक बिज्ञप्तिमा यस्तो बताईएको हो । जनताहरु आर्थिक मन्दीको चपेटामा परिरहेको बेला घरधनी र उक्त घरमा रहेका ५ वटा पसल पुर्ण रुपमा नष्ट भएको खवरले नेकपा एमाले नगर कमिटी थप मर्माहित भएको उल्लेख गर्दै उक्त बिज्ञप्तिमा आफनो पालिकाभित्र आगलागि हुँदा कोहलपुर नगरपालिकाको दमकल पुग्न नसक्दा बढि क्षती भएको समेत आरोप लगाएको छ ।

यस घटना पश्चात हामी सो घटना प्रति गम्भिर भएका छौं भन्दै बिज्ञप्तिमा अग्नि नियन्त्रण लिन सहयोग गर्ने दुबै स्थानीय तह नेपालगञ्ज उपमहानगरपालिका एबं बाँसगढि नगरपालिकाप्रति आभार व्यक्त गरिएको छ । बरुणयन्त्र दमकल जस्तो सम्वेदनशिल विषयमा कोहलपुर नगरपालिका गम्भिर नभएकोमा दुख ब्यक्त गर्दै पिडित परिवार र व्यवसायीजनको यस दुखद घडीमा नेकपा एमाले कोहलपुर नगर कमिटि पिडितहरुलाई महसुस हुनेगरी उचित क्षतिपुर्ती उपलब्ध गराउन कोहहलपुर नगरपालिका संग जोडदार माग गर्दछ बिज्ञप्तिमा अगाडि भनिएको छ ।

Nabintech