८ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्ज भन्सार : १७ करोडको जिरा आयात

  • टाइम्स संवाददाता

  • १७ मंसिर २०८०, आईतवार १८:३३

नेपालगन्ज:नेपालगन्ज नाकाबाट चालू आवको कात्तिकसम्म १७ करोड ३० लाख २५ हजार मुल्यको जिरा भित्रिएको छ । गत आवमा सोही अवधिमा १० करोड ७५ लाख पाँच हजार मुल्यको जिरा आयात भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार, साउन महिनामा दुई करोड ७१ लाख तीन हजार रुपैयाँको जिरा आयात भएको छ । भाद्रमा चार करोड ११ लाख २७ हजार, असोजमा चार करोड ८५ लाख ७४ हजार र कात्तिकमा पाँच करोड ६० लाख २१ हजार मुल्यको जिरा भित्रिएको छ ।

गत आवको साउनमा ५३ लाख ६२ हजार रुपैयाँको जिरा आयात हुँदा भाद्रमा एक करोड ७९ लाख १३ हजार, असोजमा चार करोड २१ लाख १५ हजार र कात्तिकमा पनि चार करोड २१ लख १५ हजारको जिरा आयात भएको तथ्यांक छ ।

Nabintech