२२ बैशाख २०८१, शनिबार
एमालेले आज सुर्खेतमा सभा गर्दै, ओलीले सम्बोधन गर्ने

सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी,व्यापारी,बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने


  • टाइम्स संवाददाता

  • १८ मंसिर २०८०, सोमबार ०८:२४

काठमाडौं : नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ। पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुनेछ। आजको यात्रा ७१ किलोमिटर मात्र रहेको छ।  हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको थियो।

आवज विहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुसँग सामुहिक भेटघाट रहेको छ। आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको छ। ​ ​चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले बताए। ​

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ। त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ। सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।  सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी,व्यापारी,बुद्धिजीवीहरुसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ।

Nabintech