२१ बैशाख २०८१, शुक्रबार
कोहलपुर चप्परगौंरीका बिष्ट आफनै घरमा मृत फेला

  • विकल भट्टराई

  • १८ मंसिर २०८०, सोमबार १७:०२

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ चपरगौरिमा सोमवार आज बिहान आफ्नै घरको कोठामा २४ बर्षिय सुशील बिष्ट मृत अवस्थामा फेला परेको छ्न ।आईतवार साझ खाना खाएर आफ्नो कोठामा सुत्न गएका बिष्ट बिहान ९ बजे सम्म नउठे पछि घर परिवारले लगातार बोलाउदै ढोका हान्दा पनि नउठेपछि झ्याल फोडेर हेर्दा मृत अवस्थामा फेला परेका हुन ।

झ्याल ढोका सबै बन्द भएका कारण निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरेको भए पनि घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालयका नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर टाईम्सलाई बताए । मृतक बिष्टको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको छ रिर्पोट आए मात्र सत्य तथ्य पत्ता लाग्ने उपरिक्षक तिवारीको भनाई रहेको छ ।

Nabintech