४ जेष्ठ २०८१, शुक्रबार
दुविधामा बिद्यालयहरु : क्रिसा भर्सेज प्याब्सन,रनिङ शिल्ड अन्योलमा

कोहलपुर नगरपालिकाबाट खेलकुदकालागि गरिदै आएको सहयोग अनुदान समेत अन्योलमा पर्ने


  • प्रमोद रिजाल

  • १८ मंसिर २०८०, सोमबार १७:४५

कोहलपुर,बाँके:बाँकेको कोहलपुर क्षेत्रमा रहेका संस्थागत बिद्यालयहरुका दुई छाता संगठनहरुले आ आफनै तरिकाले रनिङ शिल्ड आफनै आयोजनामा गर्ने दावि गरेपछि ती छाता संगठनमा आबद्ध बिद्यालयहरु यतिवेला अन्योलमा परेका छन । क्रिसा कोहलपुरले गर्ने खेलकुद लगाएतका अन्य क्रियाकलापहरुमा प्याव्सन आबद्ध बिद्यालयहरुको कुनै सहभागिता नरहने प्याब्सन कोहलपुरको आधिकारी धारणा रहेको पाईएको छ ।

क्रिसा रनिङ शिल्डमा प्याब्सन आबद्ध २२ वटा विद्यालयहरुले सहभागिता नजनाई अघोषित बहिस्कार गरेका छन । सो कुरालाई पुष्टि गर्दै प्याब्सन नगर अध्यक्ष गोबिन्द सुवेदीले क्रिसालाई कोहलपुर नगरमा मात्र सिमित नरहेसम्म आफुहरु क्रिसाका क्रियाकलापहरुमा संलग्न नरहने बताए ।

क्रिसामा हाल कोहलपुर, बैजनाथ र राप्ति सोनारी गाउपालिकाका गरि ३ दर्जन बढि विद्यालय आबद्ध रहेको बताउदै क्रिसा कोहलपुरका सचिव प्रकाश मल्लले तोकिएकै समयमा सबै विद्यालयहरुको सहभागितामा खेल सम्पन्न गरिने दावि गरेका छन । क्रिसा र प्याब्सनका छुटा छुट्टै खेल हुने भएपछि कोहलपुर नगरपालिकाबाट खेलकुदकालागि गरिदै आएको सहयोग अनुदान समेत अन्योलमा पर्ने देखिएको छ ।

प्याब्सन विद्यालयहरुका नेतृत्वकर्ताहरुले संघियताको संरचना अनुरुप क्रिसालाई कोहलपुरमा मात्र सिमित गर्नुपर्ने जिकीर गर्दै आएका छन भने एन प्याब्सनका नेतृत्वकर्ताहरु भने तीनवटै पालिका पक्षधर देखिएका छन । यसै सन्दर्भमा जिज्ञाशा राख्दा तक्षशिला एकेडेमीका अध्यक्ष विष्णु प्रसाद वेल्वासेले प्याव्सन आबद्ध भएका विद्यालयहरुको सहभागिता विना खेलकुद अपुर्ण हुने भन्दै दुबै आवद्ध छाता संगठनहरुले मिलेर जानुको विकल्प नरहेको बताएका छन ।

त्यसै गरि गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक एबं सञ्चालक अध्यक्ष केशर वहादुर आले मगरले खेलकुद बढि हुदा विद्यालयको पठनपाठनमा समेत असर पर्ने भएकाले आफनो विद्यालय प्याव्सनले आयोजना गरेको रनिङ शिल्डमा सहभागिता जनाउने बताएका छन ।

Nabintech