८ जेष्ठ २०८१, मंगलवार
कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत/रचना पेस गर्न आह्वान

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८०, बुधबार ०७:२७

काठमाण्डाै: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १० औँ राष्ट्रिय खेलकुदका लागि लोगो, नारा, मस्कट र गीत/रचना पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।

अर्को वर्ष मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतीक चिह्न मस्कट, लोगो, नारा र खेलकुद गीत/रचना आउँदो पुस ५ गतेभित्र पेस गर्न आह्वान गरेको हो । लोगोमा समग्र कर्णाली प्रदेशको प्रतिविम्ब, १० औँ राष्ट्रिय खेलकुद र शान्तिको प्रतीक झल्कनुपर्ने मापदण्ड तोकिएको छ ।

त्यस्तै गीत/रचना राष्ट्रिय भावनाले ओतप्रोत, खेलकुद र खेलाडीको भावना समेटिएको हुनुपर्ने उल्लेख छ । मस्कटमा कर्णाली प्रदेशको प्रख्यात जनावर समेटिएको र खेलको प्रतिविम्ब समावेश हुनुपर्नेछ । यस्तै नारा बढीमा २५ अक्षरको हुनुपर्ने भनिएको छ । लोगो, मस्कट र गीत/रचना कसैसँग बाझिएमा वा ‘कपी राइट’ गरेमा रद्द गरिने सूचनामा उल्लेख छ ।

छनोटमा परेको लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार, गीत/रचनालाई २० हजार र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने राखेपले जनाएको छ ।

 

 

Nabintech