४ जेष्ठ २०८१, शुक्रबार
नेपालगन्जका ई-रिक्सा होल्डमा

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८०, बुधबार ०९:३५

नेपालगन्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र निजि प्लेटका सयौँ कार र भ्यान चल्छ्न । धम्बोजि चोकदेखि बिपि चोकसम्ममा सडक किनारभरि निजि गाडि लस्करै हुन्छ्न । ति निजि कार भाडामा चल्छ्न ।

तर ति निजि कार, स्कारपिओ गाडि भाडामा सवारि बोक्दा नेपालगन्ज उपमहानगरपालिका लगायतका नियमन निकाय अनुगमन गर्दैनन् । ति निजि गाडिको कालो प्लेट राख्न दबाब दिदैनन ।

तर, यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरीएको भन्दै एक सय बढि रिक्सा नियन्त्रणमा लिईएको छ ।
उनिहरुमाथि नीति, नियम र प्रक्रियाविपरीत रातो नम्बर प्लेटलाई कालो बनाइ यात्रु ओसारपसार गरिरहेका ई-रिक्साहरुलाई नियन्त्रणमा लिइएको नगर प्रमुख प्रशान्त विष्टको दाबि छ । ति ईरिक्सा परिवार पाल्न गरिबहरुको मुख्य सहारा हो ।

रातो नम्बर प्लेटका ९३ वटा यात्रुवहाक ई-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ वटा ई-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा होल्ड गरेर राखिएको छ ।

‘यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई-रिक्सालाई गुडन दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘यातायातमा प्रक्रिया पुर्‍याएर नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई-रिक्सा चल्न अनुमति दिने छौं ।’

तर ईरिक्सा चालकको प्रश्न छ, सवारि बोक्ने निजि प्लेटका कार, स्कारपिओ लगायतका गाडि यातायात कार्यकालमा कालो प्लेटमा दर्ता गर्नु पर्दैन ? जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार १ सय ३२ वटा ई-रिक्सा होल्डमा राखिएको बताए ।

Nabintech