४ जेष्ठ २०८१, शुक्रबार
आजको पञ्चाङ्ग एवम् राशिफल -२१ मङ्सिर २०८० बिहीबार

  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

  • २१ मंसिर २०८०, बिहीबार ०६:५१

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं.२०८० मंगसिर २१ गते तद्अनुसार सन् २०२३ दिसेम्बर ७ तारिख बिहीबार मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि हस्ता नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा भयो र सूर्यास्त सांझ १७ः७ बजे हुनेछ । गुह्येश्वरीयात्रा ।

आजको राशिफल

मेष – दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी सामान्यमात्र बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा मन जाला ।

वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ, तर ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने दिन छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहला ।

कन्या – महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशील रहनुहोला, कीर्तिमानी काम हुन सक्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । काम रोकिएका छन् भने फेरि प्रयत्न गर्नुहोला । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – मान र विद्या प्राप्त होला । विशेष उपहार एवम् धनलाभ हुने समय छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ ।

धनु – कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा कमजोरी महसूस हुन सक्छ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । पठनपाठनमा समय दिन नसकिएला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – भाग्यबल बढ्नेछ । केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – भागदौडधुप बढ्नेछ, आरोग्यबल पनि वृद्धि हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ला ।

मीन – वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिएपनि आफन्तबाट टाढिनुपर्ने समय छ । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । कुनै पनि समस्याको समाधान मिल्ने योग छ ।

Nabintech