५ जेष्ठ २०८१, शनिबार
आजको पञ्चाङ्ग एवम् राशिफल:२२ मङ्सिर २०८० शुक्रबार

आज उत्पत्तिका एकादशीव्रत


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

  • २२ मंसिर २०८०, शुक्रबार ०६:५८

आजको पञ्चाङ्ग

श्री दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २२ गते इ.सं. २०२३ दिसेम्बर ८ तारिख शुक्रबार मार्गशीर्ष कृष्ण पक्षको एकादशी तिथि उत्तरा हस्ता नक्षत्र ७÷४७ पर चित्रा नक्षत्र सौभाग्य योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । उत्पत्तिका एकादशीव्रत ।

आजको राशिफल

मेष – आजको दिन गोपनीयतामा विशेष ध्यान दिएर काम गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही समस्या देखापर्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । यसका बाबजुद दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । अवसरको लाभ उठाउने प्रयत्न गर्नु हितकर हुनेछ । आफन्तसुख प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ ।

वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । तथापि, नयाँ कामको सुरुवात खासै राम्रो छैन । अनावश्यक हैरानी बढ्न सक्छ । सभा-समारोहमा भाग लिने र मानसम्मान प्राप्तिको योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भावना वृद्धि होला ।

मिथुन – व्यस्तता बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुने समय छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिएला । धन मान वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – दिन राम्रै छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, साजसज्जाका काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अरुको भरपर्दो साथ-सहयोग नमिलेपनि आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – आजको दिन केही चुनौतीयुक्त महसूस होला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । तर कामको महत्वपूर्ण अवसर फुत्कने सम्भावना देखिन्छ, विचार राख्नुहोला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

कन्या – प्रतिभा देखाएर अवसर हातपार्न सकिने दिन छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् । धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यता बढ्नेछ । हासविलास, खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । कार्यमा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – आजको दिन कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । पशु व्यवसायमा रहेका व्यक्तिलाई विशेष लाभ हुने समय छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – आयबल र समृद्धि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्यजीवन सुखद रहला । रसरागमा रुचि बढ्नेछ । शुभ समाचार प्राप्तिको योग छ । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ ।

धनु – दिन सामान्य नै छ । कर्मबल बढ्नेछ । उद्योग तथा व्यापारमा केही फाइदा मिल्नेछ । स्वास्थ्य भने सवल नरहन सक्छ । विश्वास गरिएका सहयोगीजनले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – भाग्यबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तथापि, आजको दिन चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुने योग छ ।

कुम्भ – दीर्घकालीन रूपमा लाभ मिल्ने काममा हात हाल्ने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । इष्टमित्र को साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । चिताएको काम बन्ने देखिन्छ । धनलाभको योग छ । व्यवसायिक कार्यमा राम्रै फाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्ला । दाम्पत्यसुख बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहला ।

Nabintech