१२ श्रावण २०८१, शनिबार
एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज गोरखा पुग्दै

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार ०७:२२

पोखरा : नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीबाट गोरखा र लमजुङ जाँदैछ।  यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ। आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ।

बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुने पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ। मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ।

सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय भन्ने भन्ने मुल नारा लिएर मध्यपहाडको जनजनीवन,राजनीति,समस्या,समाधानका उपाय आदिका बारेमा स्थानीबासीहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ।

Nabintech