१ जेष्ठ २०८१, मंगलवार
नेपालगञ्ज कारागारका कैदि बन्दीलाई अव सोझै सेवा सुविधा

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार १५:२२

नेपालगञ्ज:बाँके कारागारमा रहेका कैदी बन्दीलाई सरकारले दिँदै आएको सेवासुविधामा समेत मिलेमतो हुने गरेको पाइएको पाईएपछि चुहावट रोक्न बाँके प्रशासनले सोझै कैदीबन्दीले सबै सेवा सुविधा प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।
यस अघि नाईके लगाएत अन्य बिचौलिया मार्फत वितरण गरिने सिदा लगाएतका अन्य सुविधा दिंदा कतिपय कैदि बन्दि उक्त सुविधाबाट बञ्चित हुदै आएका थिए ।

कारागार व्यवस्थापन विभाग अन्तर्गत बाँके कारागार शाखामा सेवा सुविधासँगै मासिक भत्ता रकम सोझै कैदी बन्दीले पाउने व्यवस्था मिलाइने भएपछि बाँके कारागारमा कैदि जिवन विताउदै आएका ९ सय विस जना कैदि बन्दि खुशि भएका छन । कैदी बन्दीले कारागारमा सिदा बापत दैनिक ८० रुपैयाँ नगद र ७ सय ग्राम चामल पाउँदै आएका छन् । कैदी बन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगा बापत नगद दिने व्यवस्था मिलाउदै आएको छ ।

३ सय ५० जनाको क्षमता रहेको बाँके कारागारमा हाल ९ सय २० जना कैदी बन्दी छन् । क्षमता भन्दा बढि कैदि बन्दी रहेपछि यहाको कारागारको जिवन शैलि भने निकै कष्टकर हुने गरेको छ ।

Nabintech