८ जेष्ठ २०८१, मंगलवार
नमुना विद्या सदनमा बक्तृत्वकला

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०८०, शुक्रबार १६:५०

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको नमूना विद्या सदन माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला कार्यक्रम सम्पन भएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरमा अध्ययनरत अभ्यास शिक्षकहरुले उक्त कार्यक्रम आयोजना गरेका हुन ।

वक्तृत्वकला कार्यक्रममा शुभना देवकोटा प्रथम, सोनि सुनार द्दितिय र सुस्मिता परियार तृतीय स्थान प्राप्र गरेका थिए । प्रथम द्दितीय र तृतीय लाई पुरस्कार वितरण गरिएको आयोजक टेकराज पंगालीले वताए । कार्यक्रम अभ्यास शिक्षकहरु लक्षुराम चौधरी, पहलमान खड्का, टेकराज पंगाली, सुस्मा खनाल र हेमकर्ण रेग्मीले आफ्नो जिम्मेवारी बहन गरेका थिए ।

कार्यक्रममा नमूना विद्यासद्न मा वि का पृन्सिपल, सरस्वती मा वि का प्र अ विशाखर जैसी, त्रिभुवन मा वि का शिक्षक हरि बहादुर चन्दको उपस्थित रहेको थियो । लक्षुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सुस्मा खनालले गरेकी थिन ।

Nabintech