१ जेष्ठ २०८१, मंगलवार
जानकी गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार १५:४०

जानकी ,बाँके: बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ ।

गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताउनुभयो । ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो ।

Nabintech