१ जेष्ठ २०८१, मंगलवार
राप्ति सोनारी ४ बाट अबैध कुखुरा बरामद

  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार १७:००

राप्तीसोनारी, बाँके: भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेका बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा ल्याइएका तीन सय केजि बोइलर कुखुरा राप्तीसोनारी– ४ कुम्मर गाउँ स्थित जङ्गल नजिकबाट बरामद गरेको हो।

प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। भारतबाट अबैधरुपमा कुखुरा ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरु भागेको प्रहरीले जनाएको छ। प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकल र कुखुरा छाडेर भागेका थिए ।

प्रहरीले बरामत गरेका कुखुरा केही मरेको समेत बताएको छ । सरकारले विगत एक दशकदेखि बर्डफ्लुको कारण देखाउँदा भारतीय पंक्षीजन्य वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाए पनि बाँकेका सीमा क्षेत्रबाट अवैधरुपमा कुखुरा आयात हुने कार्य रोकिएको छैन।

सीमा क्षेत्रका तस्करले भारतीय नाका हुँदै कुखुरा अबैधरुपमा भित्र्याइरहेका छन्। सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरु भने, अबैधरुपमा भित्रिने यस्ता कुखुरा नियन्त्रणमा कुनै चासो नदिने समेत गरेको पाइएको छ।

Nabintech