१ जेष्ठ २०८१, मंगलवार
चार प्रदेशमा हिमपात, तराईमा कुहिरो र हुस्सु

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०८०, सोमबार ०७:०८

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पनि  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।महाशाखाले तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्नसतर्कता अपनाउन सुझाव दिएको छ।

Nabintech