१ जेष्ठ २०८१, मंगलवार
कोहलपुरका लायन्सहरुको संयुक्त आयोजनामा ६७ प्वाईन्ट रगत संकलन

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०८०, सोमबार १५:४९

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरको न्युरोडमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्र्फुत रुपमा आएका रक्तदाताहरुबाट ६७ प्वाईन्ट रगत संकलन भएको आयोजकहरुले कोहलपुर टाईम्सलाई बताए ।जस्तो सुकै परिस्थितीमा पनि रगतको अभावले विरामीहरुको अकाल मृत्यु नहोस भन्ने पवित्र भावनाका साथ कोहलपुरमा रहेका लायन्स क्लव अफ कोहलपुर, लायन्स सयपत्रि, लायन्स कस्तुरी, लायन्स प्रोफेशनल र नेपाल रक्तदाता समाजको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रमबाट ६७ प्वाईन्ट रगत संकलन भएको हो ।

चिसोको मौसममा विरामीको संख्यामा बृद्धि हुन सक्ने र स्वास्थ्य संस्थाहरुमा रगतकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं सन्तोषजनक रुपमा रगत संकलन भएको छ सबै दाताहरुमा हामी आभार ब्यक्त गर्दछौं लायन टिपि न्यौपानेले भने ।कोहलपुर नगरपालिकाका नगर प्रहरी, नियमित रक्तदाता, कोहलपुरमा उपलब्ध लायनहरु समेतको सहभागिता रहेको रक्तदान कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलले आफु र आफनो संस्था संबद्ध ब्यापारीहरुले समेत सक्रिय सहभागिता जनाई रक्तदान गरेको बताए ।

लायन्स क्लव अफ कोहलपुरका अध्यक्ष उत्तम ढकाल, लायन्स सयपत्रिका अध्यक्ष याम कुमारी न्यौपाने, लायन्स कस्तुरीका अध्यक्ष प्रकाश खडका, लायन्स प्रोफेशनलका अध्यक्ष भरत पनेरु र नेपाल रक्तदाता समाजका संयोजक चिन्तामणि धितालको संयुक्त प्रयासमा उक्त रगत संकलन भएको हो ।रगत संकलनको अभियानलाई निरन्तरता दिने बताउदै नेपाल रक्तदाता समाजका संयोजक चिन्तामणि धितालले बिभिन्न संघ संस्था बिद्यालयहरुमा गएर रक्तदाता पक्ता लगाउने, रगत दान गर्न उत्प्रेरणा दिने र रगत संकलनको कार्यलाई निरन्तरता दिने बताएका छन । कोहलपुर ब्लड बैंकका कर्मचारीहरुको सहायतामा रगत दिन मिल्ने नमिल्ने चेकजाँच गरि रगत संकलन गरिएको आयोजकहरुले बताएका छन ।

Nabintech