२ जेष्ठ २०८१, बुधबार
१४ औं क्रिसा रनिङ्ग शिल्ड कोहलपुरमा जारी

  • टाइम्स संवाददाता

  • २८ मंसिर २०८०, बिहीबार ०५:३९

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं २ तेह्र विगाह स्थित खेल मैदानमा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन गरेको हो ।

क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथिमा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालनमा आएको आयोजकले जनाएको छ ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका छन । क्रिसा बाँकेले ३ तह ९१—५, ६—८ र ९—१२० मा खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ । ९१–५, ६–८ र ९–१२० को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

१ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ ह १ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका छन् भने प्रतियोगितामा प्रति विद्यामा छात्र र छात्रा छुट्छुटै प्रतिस्पर्धा गरिने जनाईएको छ ।

Nabintech