३ जेष्ठ २०८१, बिहीबार
चिसोबाट बचाउन चोक चौराहमा दाउरा बालिने

  • टाइम्स संवाददाता

  • २८ मंसिर २०८०, बिहीबार १२:१५

नेपालगन्ज: दिनदिनै बढदै गरेको चिसोका कारण नागरिकहरुको जिवन कष्टकर नहोस भन्ने हेतुले विपत व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहल पहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सो निर्णय गर्दै शीतलहरबाट सर्वसाधारणलाई जोगाउन पूर्व तयारी सुरु गरेको हो । त्यसका लागि स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउदा सहुलियत दररेटमा समेत उपलब्ध गराउने निर्णय गरेको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

 

Nabintech