८ जेष्ठ २०८१, मंगलवार
सेतीमा बेपत्ता युवकको खोजीका लागि आज बाँध खोलिँदै

  • टाइम्स संवाददाता

  • २८ मंसिर २०८०, बिहीबार १२:०७

 पोखरा :पोखरामा बेपत्ता एक  जना युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिने भएको छ । तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्का गरिएको छ । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।

खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

 

Nabintech