१६ बैशाख २०८१, आईतवार
लक्ष्य सहकारीको गृनमार्ट मार्फत कृषि उपजलाई बजारिकरण गर्ने योजना

आर्थिक बर्ष ०७९ /०८० मा सहकारीको नेट नाफा ३ लाख १५ हजार


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०८०, शुक्रबार १६:११

कोहलपुर,बाँके: बाँकेको कोहलपुर ११ मा रहेको लक्ष्य बहुउद्धेश्यीय सहकारी संस्थाले चालु आर्थिक बर्षमा आफना किसान सदस्यहरुले उत्पादन गरेका कृषि उपजलाई आफनै गृन मार्ट मार्फत बजारिकरणको ब्यबस्था गर्ने जनाएको छ ।
स्थानिय उत्पादनलाई उपभोग गर्ने बानिमा समेत परिवर्तन ल्याउदै आफना शेयर सदस्यहरुलाई बिभिन्न शैक्षिक, सिपमुलक परियोजनाहरु अघि सार्दै लक्ष्य बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्पराज हमालले सहकारीहरुमा शेयर सदस्यहरुको दोहोरोपना , कर्जा दुरुपयोग जस्ता समस्याहरु जटिल रुपमा बजारमा देखिएकाले चालु बर्षमा शेयर बृद्धिलाई प्राथामिकतामा नराखेर गुणस्तरीय सदस्य निर्माणलाई पहिलो प्राथामिकतामा राखेको जिकिर गरे ।

संस्थाको बार्षिक प्रतिबेदन पेश गर्दै अध्यक्ष हमालले उत्पादनको क्षेत्रमा जोडिन आफना सदस्यहरुलाई आव्हान गर्दै आर्थिक बर्ष ०७९ /०८० मा सहकारीले ११ सय शेयर सदस्यमार्फत ३६ लाख शेयर पुँजि जोडन सफल भएको र साढे ९३ लाख बचत संकलन गरि लगानिमा रहेको कुल कर्जा १ करोड २७ लाख भएको बताए । आर्थिक बर्ष ०७९ /०८० मा नेट नाफा ३ लाख १५ हजार गरेको सहकारीले चालु बर्षको दास्रो त्रैमास सम्म पनि आशाजनक सुचकहरु हासिल गरेको हमालको दावि रहेको छ ।

संस्थाको पाँचौ बार्षिक साधारण सभालाई उदघाटन गर्दै बिद्धान अधिबक्ता एबं नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले सहकारीको एउटै उद्धेश्य भनेको छरिएर रहेको पुँजिलाई एकत्रित गरि पुँजि निर्माणमा योगदान दिंदै जनताका दैनिक रुपमा हुने आर्थिक गतिबिधिलाई चलाएमान बनाउनु रहेको भन्दै शेयर सदस्यहरुले आम्दानीको श्रोत पत्ता लगाई दिगो रुपमा आफुलाई समाजमा उभ्याउन सक्नु समेत रहेको जिकिर गरे ।

सहकारी समाजको पिल्लर समेत रहेको भन्दै न्यौपानेले अनुत्पादित क्षेत्रमा सहकारीले लगानि लगाउनु घातक हुने भन्दै सहकारी बदनाम हुनबाट बच्न परियोजना अनुरुपका कर्जा प्रबाह गर्नुपर्नेमा जोड दिए । अर्थिक रुपमा आत्मनिर्भर बनाउन राज्यले सहकारीले अर्थतन्त्रको तीन खम्बे निती भित्र पारेको चर्चा गर्दै प्रमुख अतिथी समेत रहेका न्यौपानेले शेयर सदस्यहरुलाई सहकारीले उद्यमशिलतासंग जोडनुपने बताए ।

संस्थाका शेयर सदस्य राधिका शाहिको आर्थिक प्रतिबेदन, शोभा बस्नेतको लेखा समितीको प्रतिबेदन समेत प्रस्तुत गरिएको कार्यक्रमको स्वागत शेयर सदस्य मिना शाहिले गरेकी थिईन । ग्रामिण ईलाकाबाट यथेष्ट सदस्यहरुको उपस्थित संस्थाको पाँचौ बार्षिक साधारण सभामा पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य शरला सुबेदी, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष एबं जनआस्था बहुउद्धेश्यीय सहकारी संस्थाका प्रबन्ध सञ्चालक प्रमोद रिजाल, प्रेस सेन्टर राप्ति सोनारिका अध्यक्ष कविन्द्र परियार लगाएतको अतिथ्यतामा सम्पन्न खुल्ल शत्रको सञ्चालन शुभाकर विश्वकर्माले गरेका थिए । संस्थाका अध्यक्ष पुष्पराज हमाल, कोषाध्यक्ष राधिका शाहि र लेखा समिती संयोजक शोभा बस्नेतले पेश गरेको प्रतिबेदन आजै बन्द शत्रमा छलफल पश्चात पारित भई कार्यान्यनमा जाने संस्थाले कोहलपुर टाईम्सलाई जनाएको छ ।

 

Nabintech