१७ बैशाख २०८१, सोमबार
कोहलपुर ५ मा बृहत सरसफाई सम्पन्न

नागरिकहरु आफै जागरुक भएर आफनो घर आँगन,टोल र चौराहलाई सफा राख्नु हरेक नागरिकको कर्तब्य


  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८०, शनिबार ११:४०

कोहलपुर,बाँके:बाँके जिल्लाको कोहलपुर नगारपालिका स्थित वडा नं. ५ मा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर शहर हाम्रो शहर,सफा राख्ने सबैको रहर भन्ने मुल नाराका साथ वडा कार्यालय एनसिसिएनबाट शुभारम्भ गरिएको सरसफाई कार्यक्रममा सहभागिहरुले एनसिसिएन बजार लगाएत मानिसहरुको बढि भिडभाड हुने स्थानहरुमा अब्यबस्थित रुपमा रहेका फोरहरुलाई एकत्रित गरि बिर्सजन गरिएको वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले कोहलपुर टाईम्सलाई बताए ।

कोहलपुर नगर प्रहरीको बिशेष पहलमा नगरका बिभिन्न स्थानहरुमा सरसफाई अभियान सञ्चालन गर्ने क्रममा आज वडा नं ५ मा सरसफाई गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीर वहादुर थापाले बताएका छन ।

कोहलपुर वडा नं. ५ सहित कोहलपुरमा उपलब्ध संस्थाहरु ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, आवासका लागि सहयोग समुह लुमन्ति, नगर प्रहरी, रझेना तरकारी उत्पादक सहकारी संस्था, नवकालीन सहकारी, वसन्त बचत तथा ऋण सहकारी संस्था, ज्ञान दियो बहुउद्धेश्यीय सहकारी संस्थाको आयोजना तथा वडावासिको सक्रिय सहभागितामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको बताईएको छ ।

कोहलपुर नगरलाई हरित नगर बनाउदै स्वच्छ सफा र वातावरणमैत्रि बनाउन नगर प्रहरीको सक्रियता हरेक शनिवार कोहलपुर नगरका बिभिन्न स्थानमा सरसफाई गर्ने क्रममा आज एनसिसिएनमा सरसफाई सम्पन्न भएको हो । नागरिकहरु आफै जागरुक भएर आफनो घर आँगन,टोल र चौराहलाई सफा राख्नु हरेक नागरिकको कर्तब्य भएको औंल्याउदै वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले फोहरजन्य बस्तुलाई जथाभावि नफाल्न आफना वडावासिहरुलाई आग्रह गरेका छन ।

उनले फोहरलाई कुहिने र नकुहिने गरि अलग अलग राखेर कुहिने फोहरलाई मलको रुपमा प्रयोग गर्न र नकुहिने फोहरलाई नगरपालिकावाट आउने फोहर संकलकहरुलाई दिन समेत आव्हान गरेका छन ।

Nabintech