४ जेष्ठ २०८१, शुक्रबार
नेपाल सुपर लिगमा आज धनगढी र काठमाडौँ भिड्दै

  • टाइम्स संवाददाता

  • २ पुष २०८०, सोमबार ०८:३५

काठमाडौं: काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।  साँझ ६ बजे खेल दशरथ रंगशालामा हुनेछ ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गनेयोजनामा हुनेछ  ।

अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।

 

Nabintech