१९ मंसिर २०८१, बुधबार
आजबाट छैटौं नेपालगञ्ज महोत्सव

  • टाइम्स संवाददाता

  • ५ पुष २०८०, बिहीबार ०९:३३

नेपालगञ्ज: आज पौष ५ गते देखि नेपालगञ्जमा सम्पन्न हुने छैठौं नेपालगञ्ज महोत्सबको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कृषिलाई विशेष प्राथमिकता दिँदै कृषि प्रवर्द्धन, पर्यटन, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महोत्सवको तयारी पूरा भएको जनाईएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालय परिसरमा पौष१७ गतेसम्म संचालन हुने महोत्सवको तयारी पूरा भएको आयोजक ए.जी. सर्भिस प्र.लि.नेपालगञ्जका संयोजक नन्द बुढाले बताएका छन । महोत्सव स्थलमा २ सय बढी स्टल निर्माण, बाल उद्यान जडान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कुस्ती प्रतियोगिता, डान्स तथा नृत्य प्रतियोगिता लगायत थारु गाउँको अवलोकनको व्यवस्था गरिएको छ ।

ूकृषि प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधारू भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा ३ लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ । महोत्सवलाई थप आकर्षक बनाउन नेपाल र भारत हरियाणाका चर्चित कुस्ती खेलाडीहरुको समेत प्रतियोगिता रहने बताइएको छ ।

महोत्सव अवलोकनको समय विहान १० बजेदेखि साँझ ७ बजेसम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरुका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ ।

Nabintech