५ जेष्ठ २०८१, शनिबार
कमल थापा र रवि लामिछानेले मागे मन्त्रि किरातीको बर्खास्ती

‘कृष्चियन नमान्ने संबिधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध


  • टाइम्स संवाददाता

  • ५ पुष २०८०, बिहीबार १०:१९

नेपालगञ्ज: राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बर्खास्त गर्न माग गरेका छन । एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएपछि अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत बर्खास्तको माग गरेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्। अध्यक्ष थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानुन अनुसार कारबाही गर्न पनि माग गरेका छन ।

बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो । भनेका थिए ।

किरातीको यो भनाई पश्चात संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। ‘कृष्चियन नमान्ने संबिधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो।यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्।’

 

Nabintech