५ जेष्ठ २०८१, शनिबार
स्वर्गद्वारीमा जिप दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

  • टाइम्स संवाददाता

  • ५ पुष २०८०, बिहीबार १७:१९

बिजुवार: प्युठानको स्वर्गद्वारी नगरपालिका–५ आँपडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्वर्गद्वारी– ५ डाँडागाउँकी  ६८ वर्षीय झमी घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो।

खनालका अनुसार दुर्घटनामा घाइते भएका आँपडाँडामा बस्ने ५६ वर्षीया चुराकुमारी घर्ती मगर, ४० वर्षीय अर्मी घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागी भैरहवा रिफर गरिएको छ।

दुर्घटनाग्रस्त जिपका चालक डाँडागाउँका कविराज र कृष्णको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । लु २ च ६१ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको छ ।

Nabintech