४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुरमा आजदेखि प्रथम प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड हुदै

  • टाइम्स संवाददाता

  • ६ पुष २०८०, शुक्रबार ०७:१३

कोहलपुर,बाँके: कोहलपुरमा आज शुक्रवारदेखि प्रथम प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता२०८० शुरु गर्ने गरि तयारी गरिएको छ ।

पौष ६ गतेदेखि ८ गतेसम्म कोहलपुरको तेह्रबिगाह खेल मैदानमा सन्चालन हुने प्रतियोगितामा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरुको सहभागीता हुने प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावतले बताए।

आज शुक्रबार विहान ११ बजे उदघाटनसंगै शुरु हुने प्रतियोगिताको उदघाटन कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले गर्ने कार्यक्रम रहेको छ । आधारभुत तह र माध्यमिक तहका गरि ९ सय ६८ खेलाडीले भाग लिने प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा समावेश गरिने सम्पूर्ण खेलहरु समावेश गरिने अध्यक्ष रावतले कोहलपुर टाईम्सलाई जानकारी दिए।

Nabintech