४ जेष्ठ २०८१, शुक्रबार
बाँकेमा आजबाट ‘प्रथम किशोर सिंह राठौर क्रिकेट’ सुरु हुदै

  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार १०:०४

नेपालगन्ज : बाँकेमा शनिबारदेखी ‘प्रथम माननीय किशोर सिंह राठौर यु-१६ बिद्यालय स्तरिय कप क्रिकेट प्रतियोगिता-२०८०’ सुरु हुदैछ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा अहिले बिहान साढें ९ बजे प्रतियोगिता उद्घाटन गर्न लागिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले उद्घाटन गर्न लागेका हुन् । ज्योती स्पोर्टस एकेडेमीले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा बाँकेका विभिन्न १७ वटा टिम सहभागी हुने बताइएको छ ।

एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, मंगल प्रसाद मावि र बागेश्वरी एकेडेमी कोहलपुर रहेका छन् । यस्तै समुह ‘बी’ मा आदर्श स्कुल, मोर्डन पब्लिक, सिद्धार्थ विद्यासदन, आइडियल पब्लिक, जय बागेश्वरी, ब्राइटल्याण्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल र महेन्द्र स्कुल रहेका छन् ।

नकआउटको आधारमा खेलाइने प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्स म्यानले ५/५ हजार नगद प्राप्त गर्नेछन् । खेलको प्लेयर अफ द म्याचले नगद १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Nabintech