५ जेष्ठ २०८१, शनिबार
बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार १५:०८

बर्दिया: बारबर्दिया नगरपालिका–४ बैरियामा शनिबार बाघको आक्रमणमा एक १२ वर्षीय बालकको मृत्यु भएको छ । बैरियास्थित जिरा सामुदायिक वनको छेउबाट हिँडिरहेको अवस्थामा सोही ठाउँका १२ वर्षीय सुनित थारुको मृत्यु भएको डिभिजन वन कार्यालय,बर्दियाका प्रमुख प्रवीण बिडारीले बताए ।

बाघले आक्रमण गरेको स्थानमा सुमित एक्लै हिँडिरहेको स्थानीय फूलपाती थारुले जनाए । विगत केही महिना यता बैरिया लगायत आसपासका गाउँमा बाख्रादेखि कुकुर समेत बाघले आक्रमण गरी मार्दै आएको थारुले बताए । बाघको आक्रमणमा सुमितको मृत्यु पछि स्थानीय त्रसित छन् ।

Nabintech