१८ बैशाख २०८१, मंगलवार
किशोर सिंह राठौर यु–१६ क्रिकेट सुरु

  • टाइम्स संवाददाता

  • ७ पुष २०८०, शनिबार १९:२२

नेपालगन्ज: प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ब्राइटल्यान्ड स्कुललाई ५५ रनले हराएको छ ।
सुरुआतमा ब्याटिङ गरेको नेपालगन्ज मोडेल एकेडेमीले १८ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो ।

नेपालगन्ज मोडेलका लागि विकास कटवालले सर्वाधिक २२ रन, निश्चल पुन मगरले २१ रन, रोजिन पुन मगरले १९ रन, विवेक पुन मगरले १८ रन र प्रज्वल विष्टले अविजित ९ रन बनाए । ब्राइटल्यान्डका शुभम बर्माले ३ विकेट, सार्थक सुनार र प्रसिद्ध केसीले २–२ विकेट लिए । जवाफमा ब्राइटल्यान्डले १५.५ ओभरमा १० विकेटको नोक्सानीमा ९८ रनमात्र बनाउन सक्यो । ब्राइटल्यान्डका ब्याटसम्यान नैतिक गुप्ताले २६ रन र सार्थक दवाडीले १५ रन जोडे ।

नेपालगन्ज मोडेलका सुमित विष्टले सर्वाधिक ४ विकेट लिए । प्रज्वल विष्ट र निश्चल पुन मगरले २–२ विकेट लिए । खेलमा नेपालगन्ज मोडेलका सुमित विष्ट म्यान अफ द म्याच घोषित भए । उद्घाटन खेल अघि संघीय सासद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा सह–महान्त्री राठौरले विगतमा बाँके जिल्ला खेलकुदको क्षेत्रमा निकै अगाडी रहेको इतिहास भएकोले खेलकुदको नेतृत्व गर्नेले यस क्षेत्र खेलकुदको विकासमा इमानदारिता पुर्वक लाग्नु पर्ने बताए । बाँकेका युवाहरुले यु–१६ क्रिकेट प्रतियोगिता आयोजना गरेर समाजमा फैलिरहेको बिकृतीलाई हटाउन सहयोग गर्ने राठौरले बताए । उनले भने,‘आयोजक युवाहरुलाई म धन्यवाद दिन चाहन्छु । यस्तो प्रतियोगिताले युवाहरुलाई अनुशासित बनाउने, मर्यादित बनाउने, देश प्रेमी बनाउने काम गर्छ । युवाहरु दुव्र्यसनीमा लागेर बिग्रिरहेका बेला खेलको सुरुआत गरेर यहाँका युवाहरुलाई प्रेरणा दिने प्रयत्न्न भएको छ । यसका लागि आयोजक टिमलाई धन्यवाद ।’

ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १७ टिमले सहभागिता जनाएका छन् । आयोजक ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल, बागेश्वरी एकेडेमी कोहलपुर र मंगल प्रसाद उच्च मावि रहेका छन् ।

यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् । प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराउने तयारी गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार पाउनेछ । प्रतियोगिता अन्तर्गत आइतबार ड्रिमल्यान्ड हाइस्कुल राझाँ र नेपाल सेन्टजेभिर्यस हाइस्कुल बिच हुनेछ ।

Nabintech